जिल्ला प्रहरी कार्यालय लमजुङद्वारा आज ६८ औ प्रहरी दिवस मनाएको छ।
जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा ६८ औं प्रहरी दिवस २०८० को उपलक्ष्यमा आयोजित कार्यक्रम मा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको प्रमुख आतिथ्यता र जिल्लास्थित सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ लम्जुङ र पत्रकार महासंघका अध्यक्ष , जिल्लास्तरीय पदाधिकारीहरू, सामुदायिक सेवा केन्द्रका अध्यक्षहरू, प्रहरीका सहयोगी संस्थाका प्रतिनिधि तथा व्यक्तिहरू, उद्योगी, व्यावसायी र समाजसेवी व्यक्तित्वहरू, अमर प्रहरी परिवारका सदस्यहरू एवम् पूर्व प्रहरी कर्मचारीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत प्रहरी अधिकृतहरूबाट अमर प्रहरीहरूप्रति शोक सलामी तथा पुष्पहार/पुष्पगुच्छा अर्पण गर्ने, उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार र प्रहरी दिवसको अवसरमा आयोजित अन्तर-ईकाइ भलिबल प्रतियोगिता तथा वक्तित्बकलाको विजयी टिमलाई प्रमाणपत्र वितरण गर्ने कार्य भएको; साथै प्रमुख अतिथिज्यूबाट शुभकामना मन्तव्य तथा कार्यालय प्रमुख मिन बहादुर घलेबाट धन्यवाद ज्ञापन गरेेका थिए ।






























प्रतिक्रिया लेख्नुहोस्:-