पोखरा । पोखरा महानगरपालिका–८ सभागृहचोकस्थित एक सुनचाँदी पसल अगाडि अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ।
आक्रमणमा परी गम्भीर घाइते भएकी पोखरा–५ मालेपाटन निवासी ४२ वर्षीया श्रीजना पौडेल केसी बेहोस अवस्थामा ढलेकी थिइन् । उनलाई तत्काल उपचारका लागि पोखरा–९ नयाँबजार पृथ्वीचोकस्थित जीएमसी अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको छ।
स्थानीयका अनुसार मृतकको टाउकोमा गम्भीर चोट लागेको छ ।
घटनापछि कास्की प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। फरार आरोपीको खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन।























प्रतिक्रिया लेख्नुहोस्:-