पोखरा । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ अन्तर्गत लायन्स क्लब अफ पोखरा ग्लोबलको वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। निवर्तमान अध्यक्ष रविराज घिमिरेको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट अर्जुन कुमार थापा अध्यक्षमा निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा अयुब मिया, द्वितीय उपाध्यक्षमा विकास लामा, सचिवमा टिकारामपराजुली( सन्तोष )र कोषाध्यक्षमा सन्तोष विक चयन भएका छन्। त्यसैगरी सह–सचिवमा सोनिका थापा र सह–कोषाध्यक्षमा बिमला पौडेल चयन भएका छन्। सदस्यमा राधा पराजुली र सल्लाहकारमा हिरालाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।

नवनिर्वाचित अध्यक्ष थापाले क्लबलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै सामाजिक सेवाका कार्यक्रमहरूलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणका क्षेत्रमा विशेष ध्यान दिँदै समुदायस्तरमा सकारात्मक परिवर्तन ल्याउने योजना रहेको बताए।
क्लबले विगतदेखि नै विभिन्न सामाजिक सेवामूलक कार्यहरू गर्दै आएको छ। विशेषगरी वृक्षरोपण कार्यक्रममार्फत वातावरण संरक्षणमा योगदान पुर्याउँदै आएको क्लबले रक्तदान कार्यक्रम सञ्चालन गरी मानवीय सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। त्यस्तै, मानव सेवा आश्रममा भोजन वितरण, विपन्न तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण जस्ता कार्यहरूलाई पनि निरन्तरता दिँदै आएको छ।
अधिवेशन कार्यक्रममा बोल्ने वक्ताहरूले क्लबको सक्रियता र सामाजिक योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्य गर्न सुझाव दिएका थिए। उनीहरूले नयाँ नेतृत्वले क्लबलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
लायन्स क्लब अफ पोखरा ग्लोबलले आगामी दिनमा पनि सामाजिक सेवाका विविध कार्यक्रमहरू सञ्चालन गर्दै समुदायमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको जनाएको छ।























प्रतिक्रिया लेख्नुहोस्:-