वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशले नयाँ वर्ष २०८३ सालको अवसर पारेर टेवल क्यालेन्डर विमोचन गरेको छ।

संघले पोखरामा आयोजना गरेको कार्यक्रममा शुभकामना आदान–प्रदानसहित क्यालेन्डर सार्वजनिक गरिएको हो। कार्यक्रम संघका अध्यक्ष सुजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखराका अधिकृत प्रदिप ढकालको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजक केशर केसीले क्यालेन्डर प्रकाशनमा सहयोग पुर्याउने सम्पूर्ण प्रायोजकहरू तथा संयोजनमा सहयोग गर्ने व्यावसायिक शाखाका अधिकृतहरूप्रति आभार व्यक्त गरे।

त्यस्तै, संघका महासचिव धिराज श्रेष्ठले कार्यक्रम सञ्चालन गर्दै सहभागीहरूलाई निरन्तर सहयोग, साथ र समर्थनका लागि धन्यवाद व्यक्त गरे।
संघले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक तथा संस्थागत गतिविधिहरूलाई निरन्तरता दिने जनाएको छ।























प्रतिक्रिया लेख्नुहोस्:-