पोखरा / पोखरा महानगरपालिका वडा नम्बर १ मा वडास्तरीय मानव बेचबिखन विरुद्धको स्थानीय समिति गठन गरिएको छ ।
मंगलबार वडाध्यक्ष सहारा प्रधानको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो । मान बेचबिखत तथा ओसारपसार नियन्त्रणका लागि पोखरा महानगरपालिका वडा नम्बर १ मा वडाध्यक्षको संयोजकत्वमा गठन गरिएको समितिको सदस्यहरुमा शोभा गुरुङ, सरस्वती रिमाल, उमा साही, वविता गुरुङ, सोहन गुरुङ, विजय नेपाली, वडा प्रहरी कार्यालय बगरका प्रमुख, गिता शर्मा, लक्ष्मी शर्मा, शान्ता पौडेल, अनिश गुरुङ र वडा सचिव पोषनारयाण ढकाल रहेका छन् ।
स्थानीय महिला, विभिन्न सञ्जाल, क्लब, टोलविकास संस्था, पत्रकार, प्रहरी, नागरिक वडा मञ्च, लगायतमा आबद्ध भएका व्यक्तिहरु सहितको समिति गठन गरिएको हो ।
गठन पश्चात संयोजक वडाध्यक्ष सहारा प्रधानले पोखरा १ मा अहिले सम्म मानव बेचबिखनको कुनै घटना नभएको स्पष्ट पार्दै मानब बेचबिखन हुन सक्ने र त्यसको निराकरणका लागि समिति गठन भएको बताए ।
समितिको हरेक महिना बैठक बस्ने र मानब बेचबिखन विरुद्ध के कसरी अघि बढ्ने र सचेतना फैलाउने भन्ने विषयमा गहन छलफल गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
बाल तथा महिला सशक्तिकरण समाज नेपालको आस्था परियोजनाको आयोजनामा तथा महानगरपालिका वडा १ को समन्वय एवं गुड सेफर्ड इन्टरनेशनल फाउन्डेसनको सहयोगमा समिति गठन गरिएको हो ।
























प्रतिक्रिया लेख्नुहोस्:-