२०८२ चैत्र २६, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लेखनाथ महोत्सवमा मनग्य कारोबार

गण्डकी प्रेस
पुस ११, २०८२ २२:३५ मा प्रकाशित
अर्थ, समाचार, समाज, साहित्य/मनोरञ्जन
लेखनाथ महोत्सवमा मनग्य कारोबार
6
SHARES
Share on FacebookShare on Twitter

लेखनाथ, ११ पुस । लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सव दर्शक सहभागिता, आर्थिक कारोबार र सांस्कृतिक प्रस्तुतिका हिसाबले सफलतातर्फ उन्मुख हुँदै गएको छ।

स्थानीय उत्पादनको प्रवद्र्धन, लोकसंस्कृतिको संरक्षण र आर्थिक चलायमानता महोत्सवका प्रमुख उपलब्धिका रूपमा देखिएका छन्।
महोत्सव सञ्चालनको नवौं दिनसम्म आईपुग्दा आयोजकको लक्ष्य अनुसारका दर्शकहरुले अवलोकन गरिसकेका छन भने सोही अनुरुप र कारोबारमा वृद्घि हँुदा आयोजकहरुमा उत्साह थपिएको छ ।  विदाका दिनमा मात्र  करीब ४० हजार दर्शकले अवलोकन गरेका थिए भने आजसम्म कुल दर्शक संख्या करिब २ लाख ५० हजार पुगेको छ ।

आर्थिक कारोबारतर्फ दैनिक एक करोड रुपैयाँ हाराहारीमा कारोबार भइरहेको आयोजकले जनाएको छ। केही दिनमै महोत्सवमार्फत करोडौँ रुपैयाँ बराबरको आर्थिक गतिविधि भएको छ ।
महोत्सवमा कृषि, जडीबुटी, स्थानीय खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, माछा तथा पशुपंक्षीसम्बन्धी स्टलहरूमा राम्रो कारोबार भएको छ। विशेषगरी बाल उद्यान, खाना महोत्सव र कृषि प्रदर्शनी दर्शकका लागि आकर्षण बनेका छन् ।

यस वर्ष महोत्सवलाई परिष्कृत स्वरूप दिँदै कृषि बहस र उद्योग बहस कार्यक्रम पनि आयोजना गरिएको छ। कृषि बहसमा माछापालन, अलैंची खेती र पोल्ट्री व्यवसायका कृषकहरूले अनुभव र चुनौती साझा गरेका थिए भने उद्योग बहसमा विभिन्न उद्योगीहरूले व्यवसायिक संघर्ष र सफलताका कथा प्रस्तुत गरेका छन्। नीति निर्माता र सरोकारवालाबीच प्रत्यक्ष संवादले महोत्सवलाई केवल मनोरञ्जनात्मक मात्र नभई ज्ञान र बहसको मञ्चका रूपमा स्थापित गरेको छ ।
सांस्कृतिक, साहित्यिक र शैक्षिक कार्यक्रमहरू पनि महोत्सवका थप आकर्षण बनेका छन्। कवि शिरोमणि लेखनाथ पौड्यालको योगदान स्मरण गर्दै साहित्यिक कार्यक्रम अन्तर्गत शनिवार अभिनन्दन कार्यक्रम रहेको छ । विद्यालयस्तरीय प्रस्तुति, लोकदोहोरी, हास्यव्यङ्ग्य, सुगम संगीत र लाइभ कन्सर्टहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।
२०६१ सालमा ‘सुन्तला महोत्सव’का रूपमा सुरु भएको लेखनाथ महोत्सव आज कृषि, उद्योग, संस्कृति र साहित्यको साझा मञ्चका रूपमा स्थापित भएको छ। स्थानीय उत्पादनको बजारीकरण, साना तथा मझौला व्यवसायको प्रवद्र्धन र सांस्कृतिक पहिचान जोगाउन लेखनाथ महोत्सव प्रभावकारी माध्यम बन्दै गएको सरोकारवालाहरूको भनाइ छ ।
महोत्सव अझै ३ दिन सञ्चालन हुने भएकाले दर्शक संख्या र आर्थिक कारोबार थप बढ्ने अपेक्षा गरिएको छ । 

सम्बन्धित समाचार

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान
अपराध

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ
अपराध

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार
अपराध

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता
समाचार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन
प्रमुख समाचार

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट
खेलकुद

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

वडा १ मा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको समिति गठन

वडा १ मा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको समिति गठन

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

पाेखरामा ट्रान्स पार्टी गर्ने पक्राउ

चर्चित खबरहरु