अर्जुन हिताङ। पर्वत । पर्वत जिल्लाको दक्षिण भेगको अग्लो पहाडको अग्लो चुचुरोलाई पुरानो रिति रिवाज अर्थात राज्यबाट नामाकरण गरिएको एक एैतिहासीक ठाउँलाई पैयुकोट भनिन्छ। पहिले राजा महाराजा बस्ने सानो ढुङ्गाको दरवारलाई देवि देवताको नाममा पुजाआरधना गर्न थालियो। देशमा संघियता स्थानीय भन्दा पहिले खासै विकासको ओझेलमा परेको पैयुकोट मठ मन्दिर जव नेपालमा संघ, प्रदेश, स्थानीय तीन तहको सरकार बन्यो तव पैयुकोट मन्दिर तथा त्यो ठाउँमा रहेका धार्मिक तथा एैतिहासीक संरचनाले विकासको फड्को मार्न थाल्यो।
पैयुँ रुखको नामवाट पैयुँ राज्यको नामकरण भएको ऐतिहासिक तथ्यले जनाउँदछ । यो राज्य मुक्तिनाथको १०८ वटा धाराबाट सुरु भएको कालीगण्डकीको बाँया किनारामा अवस्थित रहेको छ । दक्षिणी भेगमा उत्तरबाट दक्षिणतिर फैलिएको एउटा टापु जसलाई पैँयुकोटले चिनिन्थ्यो । यो कोटको अधिकांश भुभाग पैयुँको घारी भएको टाकुराको कोटलाई नै पैयुकोट भन्न थालियो । पैयुकोटको डाँडाको टुप्पामा समथर चौडा भुभाग रहेको थियो । यही चौडा भुभागमा कोट मन्दिर बनाइएको थियो । यहाँ घोडालाई पैया कुदाएर तालिम गर्न मिल्ने फराकिलोमैदानमा कोट घर बनाइएकोले पैयुकोट नाम रहन गयो ।
पैँयु राज्यको पूर्व सिमाना पवित्र शालिग्राम विश्वमा परिचित कालीगण्डकी रहेको थियो । यसै गरी पश्चिम उतर सिमाना शक्तिशाली राज्य पर्वत रहेको थियो । यसैगरी दक्षिणतर्फ गुल्मीे, खाँची र अर्घा राज्यहरू रहेका थिए । गण्डकी प्रस्रवण त्यस क्षेत्रमा नेपालको मध्यकालमा लिच्छविहरूको सम्प्रभुता कायम थियो । लिच्छविपछि मगरात प्रदेशमा मगरहरूको बाहुल्यता भएका कारण पैयुँ मगरहरूको बल्डेङ गढी राज्य अन्तर्गत गएको देखन्छ ।
पाँच सय वर्ष पुरानो दरबार र कालिका मन्दिरलाई पैँयुक्षेत्रको ऐतिहासिक सामग्रीसहितको सङ्ग्रहालय बनाउने र पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने उद्देश्यले अभियान थालिएको हो । एक वर्षभित्रमा सङ्ग्रहालयका लागि भवन निर्माणको काम थालिने पैँयुकोट संरक्षण समितिका पूर्वअध्यक्ष टीकाराम भुसालले जानकारी दिए ।
“ऐतिहासिक र धार्मिक तथा पर्यटकीय महत्वको क्षेत्र भएकाले यसको विकास र प्रर्वद्धनको काम थालिएको छ,” उनले भने । यसलाई मध्य दक्षिण पर्वतको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ ।
पाँच सय वर्ष पहिले सेन राजाले बनाएको मन्दिर र अग्लो डाँडा रहेकाले दृश्यावलोकन तथा घरबास क्षेत्रका रुपमा विकास गरी शालिग्रामशिलादेखि पैँयुकोट हुँदै गोर्लाङको लेकसम्म पदयात्रा मार्ग बनाउन सकिन्छ । यसलाई दक्षिण एशियाकै पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुवारी तथा डहरे, पञ्चासे हुँदै पोखरासम्मको पदयात्रा मार्ग बनान सकिन्छ । पर्वतको पर्यटन गुरुयोजनामा समेत पञ्चासेदेखि पैँयुकोट हुँदै सेतीवेणीसम्मको सो बाटो प्रस्तावित छ ।
यो पदयात्रा मार्गमा पर्ने शालिग्रामको छापाको मगर बस्ती, त्रिवेणीको चिन्नेखर्कको मगरबस्ती, उरामको गेप्ताङको मगरबस्ती, होस्राङ्दीको जम्मपुरको मगरबस्ती र भोक्सिङको गुरुङबस्तीमा घरबास सेवा शुरु भइसकेको छ । पदयात्रामा आउने पर्यटकलाई खान र बस्न सुविधा पु¥याउन घरबास सेवा शुरु गरिएको जम्पुर होमस्टेकी अध्यक्ष नैनकला रानाले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-