मेरो बुझाईमा विगत केही बर्ष यता नेकपा एमाले पार्टी भनेको असहमति राख्नै निषेध गर्ने र यदि राखिहालेमा असहमतिको संमान नहुने एक अलोकतान्त्रिक पार्टी हो । देशको एक ठूलो राजनीतिक शक्तिले आउँदो महाधिवेशनमा आफ्नो पार्टीलाई लोकतान्त्रिक देखाउन सक्नु भन्ने शुभकामना साथै शुभावना अर्पण गर्दछु ।
आउनुहोस् हामी फेरि एकपटक हासौ- “७० वर्षे उमेर हद मान्ने हो भने मैले १४ वर्ष जेल बसेको समय घटाउनुपर्छ । जेल बस्दा मैले १४ वर्ष काम गर्न पाइनँ” (स्रोत: अनलाइन खबर) । मेरो विचारमा त उहाँले कामभन्दा अझ बढी बेकाम गर्नुभयो ।
यस्तै हो भने नेकपा एमाले भन्ने पार्टी सक्न भरपुर योगदान पुर्याएर छोड्नेछन एकदिन यी “बा” ले! यी “बा” को विकल्प केबल विद्याज्यू होइन अरु पनि त छन् । माओवादीमा नारायणकाजी, जनार्दन, बर्षमान पुन लगायतका नेता छन् ।
उता काङ्ग्रेसमा गगन थापाले विद्रोह गर्न सक्छन भने एमालेमा रहेका शंकर पोखरेल, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, पदम गिरी, गोकर्ण बिष्ट, महेश बर्तौला, बिन्दा पाण्डे, विद्या भट्टराई, विष्णु पौडेल, उषा किरण, पृथ्वी सुब्बा गुरुङ, पद्मा अर्याल, योगेश भट्टराई लगायतले नसक्ने भएर हो ? कि उहाँ विरुद्ध बोल्न थाल्यो भने राजनीति नै सकिन्छ भन्ने डरले ?
जुनसुकै राजनीतिक दलमा आबद्ध रहेर राजनीति गर्ने व्यक्ती वा नेतृत्व सम्हाल्ने व्यक्ती एउटा कुरामा प्रष्ट हुन अपरिहार्य देख्दछु । पार्टी वा राष्ट्रमा मेरो उपस्थितिले यदि राम्रै भैरहेको छ भने पनि मेरो अनुपस्थितिमा समेत राम्रो, नराम्रो वा अझ राम्रो हुने सम्भावना रहन्छ । म नहुदैमा रोक्किदैन वा बिगृहाल्दैन भन्ने कुरामा स्पष्ट हुन जरुरी छ ।
अन्त्यमा पार्टीविशेषको यो चिन्ता कुनै आग्रह वा पुर्वाग्रहमा आधारित छैन । मात्रै एउटा विद्यार्थी र यो राष्ट्रको राष्ट्रिय राजनीतिमा चासो राख्ने नागरिकको हैसियतले सबै दल सच्चिन बाध्य भउन भन्ने मनसाय हो । बहुलवादमा आधारित प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा राष्ट्रको भविष्य राजनीतिक दलसङ्ग प्रत्यक्ष सम्बन्धित हुन्छ । तसर्थ चिन्ता राष्ट्रको हो ।
लेखक
विप्लवी न्यौपाने पर्वत
कानूनको विद्यार्थी, पृथ्वीनारायण क्याम्पस पोखरा, कास्की।
प्रतिक्रिया लेख्नुहोस्:-