अमेरिकाले आइतवार बिहान इरानका आणविक केन्द्रहरूमा बी–२ बमवर्षक विमानबाट बंकर बस्टर बमहरू प्रहार गरेको छ ।
ती बी–२ बमवर्षक विमानहरू अमेरिकाको मिजूरीबाट उडेर ३७ घन्टाको यात्रापछि इरानको नतान्ज, फोर्दो र इशफाहान पुगेर अमेरिका फर्किएका हुन् । त्यसक्रममा ती विमानले कैयौंपटक आकाशमै इन्धन भरेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेख्यो । यो अत्याधुनिक विमानको मूल्य लगभग २ अर्ब डलर पर्छ । यसले मिजूरीमा रहेको हवाईअड्डाबाट इरान पुगेर फेरि मिजूरीमै फर्किने क्रममा ११ हजार ४०० किलोमिटरको यात्रा गरेको थियो ।
यस आक्रमणका बारेमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो घोषणा गरेका हुन् । यस सैन्य कारवाहीका क्रममा फोर्दोमा ६ वटा बंकरबस्टर बमहरू प्रहार गरिएको थियो भने ३० वटा टमाहक क्षेप्यास्त्रहरूले अन्य दुई आणविक केन्द्रलाई तारो बनाएका थिए ।























प्रतिक्रिया लेख्नुहोस्:-