वि.सं. २०७८ साल भाद्र १४ गते सोमबार, तदनुसार ई.सं. २०२१ अगस्त ३० तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार भाद्रकृष्णपक्षको अष्टमी तिथि रात्रि १२:१५ बजेसम्म, त्यसपछि नवमी रहनेछ ।
मेष : स्वास्थ्य कमजोर बन्दा गर्दै गरेका काम कार्य पनि छाड्नु पर्नेछ । मन वेचैन रहनेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । चिन्ता, पीरले छाड्ने छैन । कुटुम्बको साथ सहयोग लिएर कार्य गर्दा सफल भइनेछ ।
वृष : आत्मकारक ग्रहको पूर्ण साथ मिलेको छ । नयाँ तौर तरिकाको प्रयोगले गर्दा दैनिक काम कार्यमा समेत सहजताको अनुभव हुनेछ । स्वास्थ्य अवस्थामा सुधार हुनेछ । रोकिएका कार्यलाई अघि बढाउन सकिनेछ ।
मिथुन : बोलिको गलत अर्थ लाग्न सक्छ, बोली बचनमा संयमता अपनाउनु पर्नेछ । खर्चभार बढ्दा आर्थिक तालमेल मिलाउन कठिन हुनेछ । धेरै दु:ख गर्दा पनि न्यून प्रतिफलमा नै चित्त बुझाउनु पर्नेछ । संयम रहनुहोला ।
कर्कट : सुखसुविस्ता उपभोग गर्न पाइनेछ । व्यवसायमा सोचे भन्दा बढी लाभ मिल्दा खुसीयाली छाउनेछ । नयाँ–नयाँ अवसरहरुले पछ्याउने छन् । आकस्मिक धनलाभको योग बनेको छ । व्यवहारिक पक्ष सबल रहनेछ ।
सिंह : धेरै व्यक्तिको विश्वासको पात्र बनिनेछ । विश्वास दिलाउन सक्दा नयाँ जिम्मेवारी मिल्नेछ । तपाईँको काम गर्ने कलाले गर्दा प्रशंसकहरु बढ्ने छन् । कर्म प्राप्तिको योग बनेको छ । नयाँ कार्यको प्रस्ताव समेत आउनेछ ।
कन्या : नोकरीमा अपजस व्यहोर्नु परेता पनि व्यापार व्यवसायबाट भने सामान्यतया लाभकारी समय रहेको छ । स्वास्थ्यमा सुधार हुनेछ । सद्विचारको उदय हुनेछ । व्यर्थको कार्यमा भूल्दा महत्वपूर्ण मौका फुत्कनेछ ।
तुला : इच्छा शक्ति घट्नेछ । झन्झटिला कार्य आइलाग्ने छन् । अरुका काम कार्यमा लाग्दा आफ्ना कार्यले भने विश्राम लिनेछन् । विना सोच विचार लगानि गर्दा धनरकम फस्नेछ । दैनिकीमा नै व्यस्थ रहनुहोला ।
बृश्चिक : प्रियजनसँगको रमाइलो भेटघाट होला । काम गरेर चित्त बुझाउन सक्दा विशेष कार्यको नेतृत्व मिल्नेछ । आकर्षण शक्ति बढेर जानेछ । प्रेमीप्रेमीका बिचको सम्बन्ध सुमधुर बन्नेछ । खुसीको खबर मिल्नेछ ।
धनु : प्रतिष्पर्धात्मक काम कार्यमा विजयी भइनेछ । मान्यजनको सरसल्लाह लिएर कार्य गर्दा सफल भइनेछ । सामान्य झन्झटको सामना गर्नु परेता पनि नतिजा तपाईँकै पोल्टामा पर्नेछ । धन संचय गर्न मन लाग्नेछ ।
मकर : मान्यजनको आदारसत्कारमा कमी आउन नदिनुहोला । परिवारजनको सल्लाहले अघि बढ्दा सहज हुनेछ । नयाँ कार्यको अवसर जुट्नेछ । सञ्चित धनरकम खर्च हुनेछ । समग्रमा दिन मिश्रीत फलदायी रहनेछ ।
कुम्भ : वैचारिक मतभेदका कारण विवादको स्थिति सृजना हुनेछ । अवसर हुँदाहुँदै पनि विकल्प रोज्नाले दु:खको सामना गर्नुपर्नेछ । कठोर बोलिका कारण आफन्तजनहरु टाढिने छन् । मातृपक्षको सहयोगले कार्य गर्नुहोला ।
मीन : पराक्रम बढेर जानेछ । व्यवसायमा अपेक्षित लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन मिल्दा काम गर्ने हौसला थपिनेछ । एकल प्रयासले नै महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा चासो रहनेछ ।

























प्रतिक्रिया लेख्नुहोस्:-