वि.सं. २०७८ साल भाद्र ११ गते शुक्रबार, तदनुसार ई.सं. २०२१ अगस्त २७ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार भाद्रकृष्णपक्षको पञ्चमी तिथि वेलुका ६:३८ बजेसम्म, त्यसपछि षष्ठी रहनेछ ।
मेष : सम्मानजनक कार्य गरिनेछ । अध्ययनमा रुचि बढ्नेछ । सकारात्मक सोच, विचारको उदय हुनेछ । व्यवसायमा समेत आयदर बढ्नाले खुसीयाली छाउनेछ । स्वास्थ्यमा र नोकरी क्षेत्रमा भने प्रतिकुलता होला ।
वृष : परिश्रम अनुसारको प्रतिफल नमिल्दा काम गर्ने जोश जाँगर घट्नेछ । व्यर्थको कार्यमा भुल्दा महत्वपूर्ण कार्य भने ओझेलमा पर्नेछ । काम–काम भन्दा स्वास्थ कमजोर बन्नेछ, ध्यान दिनुहोला । विपक्षीहरुले दु:ख दिने छन् ।
मिथुन : शुभ समाचार सुन्न पाइनेछ । सहज वातावरण बन्नाले नयाँ कार्यको थालनि गरिनेछ । इमान्दारीताको प्रशंसा मिल्नेछ । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । व्यवसायबाट राम्रो आम्दानी हुनेछ ।
कर्कट : प्रभावकारी कार्यको आरम्भ हुनेछ । स्वास्थ्य ठीकठाक नै रहला । नोकरीमा प्रशंसा एवं जिम्मेवारी बढ्नेछ । सृजनात्मक कार्यमा मन जानेछ । वहान सुख मिल्नेछ । मान्यजनको साथ, सहयोग पाइनेछ ।
सिंह : सोचेका कार्य एकाएक पूरा हुँदा हर्ष बढ्नेछ । अघिदेखिका समस्या हल भएर जानेछन् भने नयाँ कार्यको प्रस्ताव समेत आउने छन् । टाढिएका आफन्तजनसँग मिलन हुनेछ । धन लाभ हुनेछ । धार्मिक आस्था जाग्नेछ ।
कन्या : अल्छि गर्नाले महत्वपूर्ण अवसर फुत्कनेछ । सामाजिक कार्यबाट जश मिल्ने छैन । स्वास्थ्य कमजोर बन्नेछ । नयाँ कार्यको आरम्भले तनाब मात्र थपिनेछ । दैनिक कार्यमा समेत समस्या सृजना हुनेछ ।
तुला : सामान्य प्रयासले नै लक्ष्यमा पुग्न सकिनेछ । मन मिल्ने व्यक्तिसँगको रमाइलो जमघट हुनेछ । मनोरञ्जनात्मक कार्यमा सहभागी भइनेछ । मानसिक क्षमताको बृद्धिविकास हुनेछ । विपरीत लिंगिको सहयोग मिल्नेछ ।
बृश्चिक : घरायसी समस्या हल भएर जानेछ । तनाबदायी कार्यको नेतृत्व गर्नु परेता पनि अग्रजको साथ/सहयोग मिल्दा सफलता मिल्नेछ । व्यवसायमा गरेको लगानिले दिगोरुपमा फाइदा लिन सकिनेछ । दु:खको फल मिलनेछ ।
धनु : स्वास्थ्य सामान्य बन्दै जानेछ । विवादित कार्यलाई मेलमिलापको वातावरणद्वारा सुल्झाउन सकिनेछ । पारिवारिक सहयोग मिल्नेछ । बौद्धिक कलाको प्रशंसा हुनेछ । नोकरीमा भने अन्योलता छाउने देखिन्छ ।
मकर : विपक्षीको प्रलोभनमा पर्दा समस्यामा परिनेछ । जिम्मा लिएका कार्यलाई समयमा पूर्ण गर्न नसक्दा भनाई खानु पर्नेछ । शारीरिक कमजोरीले कार्य गर्न मन लाग्ने छैन । कम बोल्ने र दैनिकीमा व्यस्थ रहनु उचित हुनेछ ।
कुम्भ : मनमा शान्ति एवं शरीररमा कान्ति छाउने समय रहेको छ । साथीभाइसँगको रमाइलो भ्रमणको योग बनेको छ । कृषि क्षेत्रबाट अपेक्षित लाभांश मिल्दा हर्ष बढ्नेछ । मांगलिक कार्यको निम्तो पाइनेछ ।
मीन : आकस्मिक लाभको योग बनेको छ । सानातिना समस्यामा नआत्तिनु होला । बोलिकै भरमा काम बन्नेछ । अचल सम्पत्तिमा गरेको लगानिले दिगो रुपमा फाइदा लिन पाइनेछ । अल्छिपना त्यागेर अघि बढ्नुहोला ।

























प्रतिक्रिया लेख्नुहोस्:-