सन्धुली । घ्याङ्लेखस्थित एसबीआई बैंक लुटपाटमा संलग्न थप एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने त्यहीँका बासिन्दा चतुरमान बैज्यु हुन् । उनी बैंक लुटपाटका मुख्य योजनाकार रहेको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए ।
बैंक रहेको घरका धनी छविलाल स्याङ्ताङ पहिल्यै पक्राउ परेका थिए । चतुरमान घरधनीका जेठान हुन् । उनलाई इलाका प्रहरी कार्यालय खुर्कोट र रातमाटा प्रहरी चौकीको संयुक्त चेकिङले नियन्त्रणमा लिएको हो । उक्त घटनामा प्रहरीले हालसम्म २ जना स्थानीय, १ चालक गरी ५ जना लुटेरा पक्राउ गरिसकेको छ । थप २ जना फरार छन् ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-