नेपाली राजनितिमा दल बन्ने र फुट्ने लर्को चलि नै रहन्छ । विभिन्न राजनितिक दलहरु जुट्ने र फुट्ने भइरहँदा नेपाली कांग्रेस मात्रै त्यस्तो दल थियो जुन २०१४ सालपछि अहिलेसम्म फुट्न सकेको थिएन ।
तर, अहिले भने कांग्रेसमा पनि फुट भएको छ । बुधबार नेपाली कांग्रेसका महामन्त्री द्धय गगन कुमार थापा र विश्वप्रकाश लामिछानेमाथि कारावहि गरेसंगै कांग्रेस फुटेको हो । विशेष महाधिवेशनको पक्षमा रहेको कांग्रेसका महामन्त्री द्धय थापा र लामिछानेलाई शेरबहादुर देउवा पक्षले पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरि कारवाहि गरेको हो । कांग्रेसमा यो विभाजन भएको तेस्रो पटक हो ।
झण्डै ८० वर्षको इतिहासमा यो कांग्रेसमा यो तेस्रो पटक हुन पुगेको हो भने विशेष महाधिवेशन दोस्रो पटक भएको हो ।
२०१४ सालमा तत्कालिन सभापति सुवर्ण शम्शेरले विशेष महाधिवेशन बोलाएर जन नेता विश्वेश्वर प्रसाद कोइराला (बीपी) लाई नेतृत्व हस्तान्तरण गरेका थिए ।
तर, यस पटकको विशेष महाधिवेशनमा भने कारवाहि गरिएको छ । यो महाधिवेशन प्रतिनिधिहरूले बोलाएका थिए । महाधिवेशन प्रतिनिधिहरूको बलमा भएको विशेष महाधिवेशनले नेतृत्व नै परिवर्तन गरेको छ । बुधबार देउवा पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको हो ।
हामी विपी, गणेशमानका सन्तान हौं ः गगन
कारवाहि पछि विशेष महाधिवेशनस्थलमा सम्बोधन गर्दैै गगन थापाले आज बिहान मात्रै सभापति देउवाको निवासमा पुगेर सहमतिको प्रयास गरेको तर सुनुवाइ नभएको बताए । उनले आफुहरु विपी–गणेशमानका सन्तान भएको सुनाउँदै आजने सम्भवन भएसम्म नयाँ कार्यसमिति चयन गर्ने समेत बताए । ‘यो कारबाहीको निर्णय र हिजोको प्रस्ताव दुवै वाहियात हुन्। कसैको मनमा केही होला, तर यो प्राइभेट कम्पनी होइन, जसले जसलाई मन लाग्यो निकाल्नलाई ’ उनले भने, ‘हाम्रो केन्द्रीय कार्यसमिति श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको समिति भङ्ग भइसकेको छ र हामी अहिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने क्रममा छौँ ।’
म पदमुक्त भए मलाइ हटाउनु हास्यास्पद ः लामिछाने
अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफूले आज बिहानै महामन्त्री पदबाट राजीनामा दिएर पुनः सोही पदमा उम्मेदवारी दर्ता गरिसकेको अवस्थामा पदबाट हटाउनुको कुनै अर्थ नरहेको बताए ।
‘प्रदीप पौडेल र गुरुराज घिमिरेले महामन्त्रीमा उम्मेदवारी दर्ता गरिसक्नुभयो । म त बिहानै पदमुक्त भइसकेँ, अब मलाई महामन्त्रीबाट कारबाही गर्नु भनेको हास्यास्पद हो,’ शर्माले भने ।
अबको सभापति थापा ः मन्सुर
देउवा पक्षको कारवाहिमा परेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले विशेष महाधिवेशनको हलबाट गगन थापालाई पार्टीको नयाँ सभापति घोषणा गरिने सुनाए । ‘अबको केही मिनेटपछि नेपाली कांग्रेसको सभापति गगनकुमार थापा हुँदै हुनुहुन्छ ।’
विशेष महाधिवेशनको पक्षमा रहेका नेता तथा कार्यकर्ताहरुले देउवाको विरोध गर्दै नारावाजी समेत गरेका छन् ।




























प्रतिक्रिया लेख्नुहोस्:-