पोखरा / सर्लाहीको कर्मैयामा होटलमा रक्सी खाजा खाई पैसा तिर्न छाडेर प्रहरीको धम्की दिने एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
गत शनिबार दिउसो करिब पौन ४ बजे बागमती नगरपालिका वडा १२ कर्मैया स्थित प्रेम घिसिङले संचालन गरेको न्यु कालिका होटल एण्ड गेष्ट हाउसमा झन बहादुर गिरीले खाजा, नास्ता र रक्सी सेवन गरि रकम दिने बेला प्रहरीको धम्की दिएका हुन् ।
रौतहट चन्द्रपुर नगरपालिका ६ बेल्डी टोलका २९ वर्षीय रमेश गिरि उर्फ झनबहादुरले प्रहरीको उच्च अधिकारीसंग पहँुच रहेको भन्दै धम्काउँदै हातपात गर्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।


























प्रतिक्रिया लेख्नुहोस्:-