पोखरा ११ पुस / मादक पदार्थ सेवन गरि सवारी चलाउँदा गएको मंसिर महिनामा देशभर ६ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीको एक तथ्यांक अनुसार मापसे गरि सवारी दुर्घटना हुँदा देशभर २९५ जना घाइते भएका छन भने कुल २२५ दुर्घटना भएका छन् ।
मापसे पछि दुर्घटना हुँदा सबैभन्दा बढि मृत्यु लुम्बिनी प्रदेशमा भएको छ भने दोस्रोमा गण्डकी प्रदेश रहेको छ ।
नेपाल प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढि मापसे सवारी दुर्घटनामा मृत्यु हुने लुम्बिनी प्रदेशमा रहेको छ ।
लुम्बिनी प्रदेशमा कुल ८० दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने, १०७ जना घाइते भएका छने ् । दोस्रोमा गण्डकी प्रदेश रहेको छ । गण्डकी प्रदेशमा अन्य प्रदेशको तुलनामा दुर्घटना कम भएपनि क्षतिको विवरण भने ठूलो देखिएको छ । गण्डकीमा मापसे सवारी दुर्घटना ३ वटामात्रै हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
यस्तै काठमाडौं उपत्यकामा ४८ दुर्घटना हुँदा १ को मृत्यु ५५ घाइते भएका छन् । कोशी प्रदेशमा ४३ दुर्घटना हुँदा ५७ घाइते भएको प्रहरीको तथ्यांक छ ।
मधेश प्रदेशमा २८ दुर्घटनामा ३९ जना घाइते भएका छन् भने बागमती प्रदेशमा १० दुर्घटनामा १४ जना घाइते भएका छन् । कर्णाली प्रदेशमा ७ दुर्घटनामा १० घाइते तथा सुदुरपश्चिम प्रदेशमा ६ दुर्घटनामा १० घाइते भएका छन् ।




























प्रतिक्रिया लेख्नुहोस्:-