पोखरा १४ असार । लायन्स क्लव ३२५ वि १ नेपालको क्लष्टर ५, रिजन ९ अन्तर्गत जोन १७ को प्रि एडभाईजरी कमिटी मिटि· सम्पन्न भएको छ ।
कार्यक्रममा लायन्स क्लब अफ हेमजाका अध्यक्ष प्रकाश पौडेल, लायन्स क्लब अफ पोखरा लालिगुँरासका अध्यक्ष कपिलदेव शर्मा, लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिम्सिना लायन्स क्लब अफ लेखनाथ कवी शिरोमणिका अध्यक्ष राजुप्रसाद तिवारीले क्लबले गर्ने वर्षभरीका योजना प्रस्तुत गरेका थिए । उक्त अवसरमा लायन्स क्लब अफ पोखरा सेतो गुँरास नामक नयाँ क्लब पनि घोषणा गरिएको थियो । जसको संस्थापक अध्यक्षमा वसन्तराज बास्तोला रहेका छन । कार्यक्रममा बोल्दै लायन्स क्लब ३२५ वि १ नेपाल वेलफेयर बैंक चिफ मिलन थापाले आफ्नो पदियो दायित्वमा रहेर काम गर्ने क्लब सफल हुने बताए ।
एलसिआईएफ डिष्ट्रिक कोर्डिनेटर मोति तिमिल्सिनाले दु:खी पिडितलाई सहयोग गर्दा आत्मासन्तुष्टि मिल्ने बताए । जोन १७ का जोन चेयरपर्सन केशवशरण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्लष्टर चिफ पुरुषोत्तम पराजुली, रिजन चेयरपर्सन जीवन गोर्खाली, जोन चेयरपर्सन युवराज बोहोरा, जोन १७ का मिडिया कोर्डिनेटर प्रकाशचन्द्र सापकोटा लायन्स क्लब अफ पोखरा लालिगुँरासका निर्वतमान अध्यक्ष भरतराज अधिकारी, लायन्स क्लब अफ हेमजाका सचिव सन्तमान श्रेष्ठले बोलेका थिए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-