२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

माओवादीको त्रासले सिलाईको यात्रा…

विनिता सुनार
मंसिर १०, २०७९ १७:४२ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
माओवादीको त्रासले सिलाईको यात्रा…
42
SHARES
Share on FacebookShare on Twitter

पोखरा । पर्वतको तिरमिरेकी तन्नु राना (२९¬) अहिले पोखरमा चलेको नाम हो । महिला शसक्तिकरणमा आफुलाई अब्बल सावित गरेकी उनको जन्मथलो पर्वत भएपनि कर्मथलो पोखरा भन्दा फरक नर्पाला । उनले पोखरामा कर्म गर्न थालेको झण्डै एक दशक बित्न लागेको छ ।

द्वन्द्वकालमा माओवादीले गाउँका युवालाई उठाएर लैजान थालेपछि उनी सहित अरु गाउँले पनि आफ्नोलागि पोको बोकेर सहर पसे । माओवादी गाउँ पस्दै गर्दा उनी भने सहर झरिन् । युवालाई लैजान्छ भन्ने डरले उनी हतियार उठाउन गइनन् । हरियारबाट परिवर्तन होइन सिपबाट परिवर्तन हुन्छ भन्ने सोँचका साथ उनी बन्दुक छाडेर सिप समात्न बजार झरेकी हुन् । तत्कालिन समयमा उनी बुटवल पुगिन् ।

२०६२/०६३ सालको जनआन्दोलनको समयमा गाउँमा माओवादीको साह्रै दुःख थियो । त्यहि दुःखलाई छिचोल्न उनीहरु पर्वतबाट बुटवल गएको तन्नु बताउँछिन् ।

माओवादिको दुःखका कारण उनीसँगै अन्य गाउँलेले पनि बुटवल डेरा जमाए पनि तन्नुको तन मन भने गाउँमै थियो । गाउँमा आमा बुबालाई चट्क्क छाडेर हिड्न उनको मन कहाँ मानेको थियो र ? तर के गर्नु गाउँ नछाडे माओवादीले लैजान्छ । गाउँ छाडे आमाबुबा एक्लै । अतितलाई सम्झदैँ तन्नु भन्छिन्,‘गाउँमा माओवादीले सबैलाई लैजान्थ्यो ।

माओवादीले निकै दुःख दिएका थिए । सबै छाडेर भाग्न बाध्य भयौँ ।’ तत्कालिन समयमा माओवादीमा गएको भएके हुन्थ्यो भनेर अहिले सम्झदा पनि उनलाई डर लाग्छ । परिवर्तनका लागि भनेर जुन एजेण्डा माओवादीले बोकेको थियो त्यसमा हजारौँ गाउँलेको बलिदान छ । तिनै बलिदान बिर्सेर र आफ्ना एजेन्डा भुलेर माओवादीका नेताले देशमा रजाई गरिरहँदा ति तमाम कलिला हातहरु भने निसक्रिय भएका छन् । कतिका घरबार उठेको छ, कतिको शरीर ढलेको छ, कति वेपत्ता छन् तन्नु झस्किन्छिन् । अनि सम्झिन्छिन परिवारलाई ‘गाई वस्तु खेत–बारीका कारण आमाबुबा भने गाउँमै बस्नुप¥यो । स्कूलका बच्चालाई आन्दोलनमा हिडाउने, उनीहरुलाई पकाएर खुलाउनु पर्ने भएकाले त्यो माहोल बाट बच्न हामी गाउँ छोडेर बुटवल भागेका थियौं ।’

ति पीडालाई भुलाइदिएको छ सीपले । अहिले तन्नुको दैनिकी महिलाको भविष्य उज्जवल बनाउ तर्फ केन्द्रित छ । माओवादीले भविष्य उजाड गर्दै गर्दा भागेकी उनी अहिले भविष्यको हरियाली भर्दै हिडिरहेकी छिन् । ‘माओवादीमा गएको भए के नै हुने थियो र ? मेरो पनि त उही हालत हुन्थ्यो होला । अहिले कति समाचार सुन्छु हेर्छु विचरा त्यो बेला परिवर्तनका लागि लागेकाको हालत देख्दा मन रुन्छ’ त्यसैमा थप्छिन्,‘आखिर बन्दुकबोकेर पनि त हुदैँन रहेछ । सत्ता र शक्तिको आडमा जे गरे पनि पाइदो रहेछ । म जस्ता कयौंयुवाको भविष्य अहिले अन्धकारमा छ । त्यो बेलान गएर धेरै राम्रो गरेछु ।’

हाल उनी सिलाई कटाईको प्रशिक्षकको रुपमा काम गर्दै आएकी छिन् । तन्नु बिगत ९ बर्षदेखि एसिया टेकनिकल र सिपविकास तालिममा आबद्द छिन् । उनले हालसम्म सयौं विद्यार्थीलाई सिलाई कटाइको प्रशिक्षण दिइसकेकी छिन् । सिपविकास तालिमकेन्द्र मार्फतयो क्षेत्रमा आएकीहुन् । ‘म पोखरा सिप विकास तालिमबाट सिफारिस भई बुटवल सिपविकास तालिममा ६ महिना होस्टेल बसेर सिलाई कटिङ सिकेकी हुँ । म बुटवल को एउटा डेन्टलमा रेसेप्सनिष्ट भएर काम गथ्र्ये, त्यहि अफिसमा काम गर्ने एक जना सर मार्फत मैले सिपविकास तालिम बारे जानकारी पाए’ उनले भनिन्,‘सरले यो तालिमको बारेमा बताउनुभयो, होस्टलमा बसेर पढ्ने हो, सबै निःशुल्क हो भन्नु भयो । त्यसपछि म प्रभावित भए र फर्म भर्न गएँ । तर त्यो अफिसबाट २ जनाको मात्र कोटा थियो, त्यसकारण तिमी आफ्नै क्षेत्रबाटै जाउँ सिफारिस माग भनेपछि म पोखरा सिपविकासमा आएर सिफारिस लिएर गए । पोखरा सिपविकासकै कारण आजयहाँ सम्म आइपुगेको छु ।’

त्यतिबेला ६ महिना आवास गृह (होस्टेल) बसेर सिकेकी उनले सो अवधिमा लगभग सिलाई, कटाई लगायत टेलरिङ्ग माजान्नु पर्नै सबै कामहरु जानिसकेकि थिइन् ।

उनले बेशिक लेभलमा बच्चाको आइटम जस्तैः टोपि, भोटो, सुरुवाल, पेटिकोट, गाउन लगायत बनाउन सिकिन् । ९ वर्षदेखी अविरल रुपमा सिलाइ कटाइमै बगेकी उनी यो क्षेत्र छोडेर अर्काेमा जाने कल्पना समेत गर्न सक्दिनन् । उनको जिवन यसैमा व्यतित भएको छ । त्यो समयमा उनीहरुलाई एकजना महिला शिक्षिकाले सामान्य देखि एड्भान्स स्तरका प्रशिक्षण दिएकी थिइन् ।

‘सिलाइ कटाइ छाडेर अन्त जान्छु भन्ने त कल्पना पनि गर्न सक्दिन् । जति काम ग¥यो म उतिनै रमाउछुँ । अहिले त म सिलाई कटाईमा नै रमाउन थालेको छु’ उनी भन्छिन्, ‘हालसम्म मैले ७ सय भन्दा बढीलाई काम सिकाई सकेको छु ।’

के हो सिपविकास तालिम ?
यो एउटा निःशुल्क तालिम हो । ३ महिनाको कोर्स हुन्छ, उनले काम गर्ने एसिया टेक्निकल इन्सिचुयुटमा मोबाइल मर्मत, कुकिङ र टेलरिङ्ग को तालिम दिइन्छ । अझ गरीब, दलित विपन्न वर्गका मानिसहरुको लागि यो फलदायी हुन सक्छ । फोटो, नेपाली नागरिकता लिएर सँस्थामा पुगेपछि उनीहरुले सबै जानकारी उपलब्ध गराउछन् । यो तालिमले विशेष गरी महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउने काम गरेको छ ।

४० बर्ष भन्दा कम उमेरका नेपाली नागरिकले यो सिपलिन सक्छन् । एक सिफ्टमा २० जनाको कोटा हुन्छ । फर्म भरेपछि अन्तरवार्ता लागि समय तोकिएको हुन्छ । अन्तरवार्तामा छनोट भएकालाई फोन गरेर बोलाउँछ । अन्तरवार्तामा पास भएपछि क्लास लिन सकिन्छ ।
३ महिने कोर्षमा बेशिक लेभलको कटिङ्ग र सिलाई हुन्छ । जसको परीक्षा समेत हुन्छ । परीक्षामा पास भएपछि सिटिइभिटी मान्यता प्राप्त सर्टिफिकेट दिइन्छ । ५ घण्टाको परिक्षा हुन्छ । जसमा लिखित, मौखिक र प्रयोगात्मकमा एउटा ड्रेस बनाउनु पर्छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद