पोखरा । पर्वतको तिरमिरेकी तन्नु राना (२९¬) अहिले पोखरमा चलेको नाम हो । महिला शसक्तिकरणमा आफुलाई अब्बल सावित गरेकी उनको जन्मथलो पर्वत भएपनि कर्मथलो पोखरा भन्दा फरक नर्पाला । उनले पोखरामा कर्म गर्न थालेको झण्डै एक दशक बित्न लागेको छ ।
द्वन्द्वकालमा माओवादीले गाउँका युवालाई उठाएर लैजान थालेपछि उनी सहित अरु गाउँले पनि आफ्नोलागि पोको बोकेर सहर पसे । माओवादी गाउँ पस्दै गर्दा उनी भने सहर झरिन् । युवालाई लैजान्छ भन्ने डरले उनी हतियार उठाउन गइनन् । हरियारबाट परिवर्तन होइन सिपबाट परिवर्तन हुन्छ भन्ने सोँचका साथ उनी बन्दुक छाडेर सिप समात्न बजार झरेकी हुन् । तत्कालिन समयमा उनी बुटवल पुगिन् ।
२०६२/०६३ सालको जनआन्दोलनको समयमा गाउँमा माओवादीको साह्रै दुःख थियो । त्यहि दुःखलाई छिचोल्न उनीहरु पर्वतबाट बुटवल गएको तन्नु बताउँछिन् ।
माओवादिको दुःखका कारण उनीसँगै अन्य गाउँलेले पनि बुटवल डेरा जमाए पनि तन्नुको तन मन भने गाउँमै थियो । गाउँमा आमा बुबालाई चट्क्क छाडेर हिड्न उनको मन कहाँ मानेको थियो र ? तर के गर्नु गाउँ नछाडे माओवादीले लैजान्छ । गाउँ छाडे आमाबुबा एक्लै । अतितलाई सम्झदैँ तन्नु भन्छिन्,‘गाउँमा माओवादीले सबैलाई लैजान्थ्यो ।
माओवादीले निकै दुःख दिएका थिए । सबै छाडेर भाग्न बाध्य भयौँ ।’ तत्कालिन समयमा माओवादीमा गएको भएके हुन्थ्यो भनेर अहिले सम्झदा पनि उनलाई डर लाग्छ । परिवर्तनका लागि भनेर जुन एजेण्डा माओवादीले बोकेको थियो त्यसमा हजारौँ गाउँलेको बलिदान छ । तिनै बलिदान बिर्सेर र आफ्ना एजेन्डा भुलेर माओवादीका नेताले देशमा रजाई गरिरहँदा ति तमाम कलिला हातहरु भने निसक्रिय भएका छन् । कतिका घरबार उठेको छ, कतिको शरीर ढलेको छ, कति वेपत्ता छन् तन्नु झस्किन्छिन् । अनि सम्झिन्छिन परिवारलाई ‘गाई वस्तु खेत–बारीका कारण आमाबुबा भने गाउँमै बस्नुप¥यो । स्कूलका बच्चालाई आन्दोलनमा हिडाउने, उनीहरुलाई पकाएर खुलाउनु पर्ने भएकाले त्यो माहोल बाट बच्न हामी गाउँ छोडेर बुटवल भागेका थियौं ।’
ति पीडालाई भुलाइदिएको छ सीपले । अहिले तन्नुको दैनिकी महिलाको भविष्य उज्जवल बनाउ तर्फ केन्द्रित छ । माओवादीले भविष्य उजाड गर्दै गर्दा भागेकी उनी अहिले भविष्यको हरियाली भर्दै हिडिरहेकी छिन् । ‘माओवादीमा गएको भए के नै हुने थियो र ? मेरो पनि त उही हालत हुन्थ्यो होला । अहिले कति समाचार सुन्छु हेर्छु विचरा त्यो बेला परिवर्तनका लागि लागेकाको हालत देख्दा मन रुन्छ’ त्यसैमा थप्छिन्,‘आखिर बन्दुकबोकेर पनि त हुदैँन रहेछ । सत्ता र शक्तिको आडमा जे गरे पनि पाइदो रहेछ । म जस्ता कयौंयुवाको भविष्य अहिले अन्धकारमा छ । त्यो बेलान गएर धेरै राम्रो गरेछु ।’
हाल उनी सिलाई कटाईको प्रशिक्षकको रुपमा काम गर्दै आएकी छिन् । तन्नु बिगत ९ बर्षदेखि एसिया टेकनिकल र सिपविकास तालिममा आबद्द छिन् । उनले हालसम्म सयौं विद्यार्थीलाई सिलाई कटाइको प्रशिक्षण दिइसकेकी छिन् । सिपविकास तालिमकेन्द्र मार्फतयो क्षेत्रमा आएकीहुन् । ‘म पोखरा सिप विकास तालिमबाट सिफारिस भई बुटवल सिपविकास तालिममा ६ महिना होस्टेल बसेर सिलाई कटिङ सिकेकी हुँ । म बुटवल को एउटा डेन्टलमा रेसेप्सनिष्ट भएर काम गथ्र्ये, त्यहि अफिसमा काम गर्ने एक जना सर मार्फत मैले सिपविकास तालिम बारे जानकारी पाए’ उनले भनिन्,‘सरले यो तालिमको बारेमा बताउनुभयो, होस्टलमा बसेर पढ्ने हो, सबै निःशुल्क हो भन्नु भयो । त्यसपछि म प्रभावित भए र फर्म भर्न गएँ । तर त्यो अफिसबाट २ जनाको मात्र कोटा थियो, त्यसकारण तिमी आफ्नै क्षेत्रबाटै जाउँ सिफारिस माग भनेपछि म पोखरा सिपविकासमा आएर सिफारिस लिएर गए । पोखरा सिपविकासकै कारण आजयहाँ सम्म आइपुगेको छु ।’
त्यतिबेला ६ महिना आवास गृह (होस्टेल) बसेर सिकेकी उनले सो अवधिमा लगभग सिलाई, कटाई लगायत टेलरिङ्ग माजान्नु पर्नै सबै कामहरु जानिसकेकि थिइन् ।
उनले बेशिक लेभलमा बच्चाको आइटम जस्तैः टोपि, भोटो, सुरुवाल, पेटिकोट, गाउन लगायत बनाउन सिकिन् । ९ वर्षदेखी अविरल रुपमा सिलाइ कटाइमै बगेकी उनी यो क्षेत्र छोडेर अर्काेमा जाने कल्पना समेत गर्न सक्दिनन् । उनको जिवन यसैमा व्यतित भएको छ । त्यो समयमा उनीहरुलाई एकजना महिला शिक्षिकाले सामान्य देखि एड्भान्स स्तरका प्रशिक्षण दिएकी थिइन् ।
‘सिलाइ कटाइ छाडेर अन्त जान्छु भन्ने त कल्पना पनि गर्न सक्दिन् । जति काम ग¥यो म उतिनै रमाउछुँ । अहिले त म सिलाई कटाईमा नै रमाउन थालेको छु’ उनी भन्छिन्, ‘हालसम्म मैले ७ सय भन्दा बढीलाई काम सिकाई सकेको छु ।’
के हो सिपविकास तालिम ?
यो एउटा निःशुल्क तालिम हो । ३ महिनाको कोर्स हुन्छ, उनले काम गर्ने एसिया टेक्निकल इन्सिचुयुटमा मोबाइल मर्मत, कुकिङ र टेलरिङ्ग को तालिम दिइन्छ । अझ गरीब, दलित विपन्न वर्गका मानिसहरुको लागि यो फलदायी हुन सक्छ । फोटो, नेपाली नागरिकता लिएर सँस्थामा पुगेपछि उनीहरुले सबै जानकारी उपलब्ध गराउछन् । यो तालिमले विशेष गरी महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउने काम गरेको छ ।
४० बर्ष भन्दा कम उमेरका नेपाली नागरिकले यो सिपलिन सक्छन् । एक सिफ्टमा २० जनाको कोटा हुन्छ । फर्म भरेपछि अन्तरवार्ता लागि समय तोकिएको हुन्छ । अन्तरवार्तामा छनोट भएकालाई फोन गरेर बोलाउँछ । अन्तरवार्तामा पास भएपछि क्लास लिन सकिन्छ ।
३ महिने कोर्षमा बेशिक लेभलको कटिङ्ग र सिलाई हुन्छ । जसको परीक्षा समेत हुन्छ । परीक्षामा पास भएपछि सिटिइभिटी मान्यता प्राप्त सर्टिफिकेट दिइन्छ । ५ घण्टाको परिक्षा हुन्छ । जसमा लिखित, मौखिक र प्रयोगात्मकमा एउटा ड्रेस बनाउनु पर्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-