पोखरा ८ असार । काठमाडौं र पोखराबाट १७ भन्दा धेरै देशमा अध्ययन गर्न जान मिल्ने गरि १ सय १ वटा कलेज तथा युनिभर्सिटीसंग सहकार्य गर्दै आएको माया एकेडेमीले सामाजिक कामका लागि कोष स्थापना गरेको छ ।
एकेडेमीले कोषमार्फत सामाजिक काम गर्दै आएको संस्था हाम्रो परिवर्तन नेपाललाई पाल हस्तान्तरण गरेको छ । बाढी पहिरोबाट घर वास गुमाएकालाई सहयोग गर्नका लागि १२ थान पाल हस्तान्तरण गरेको छ । माया एकेडेमीले विद्यार्थीलाई ७ देखि ९ महिना नेपालमा नै पढाएर बाँकी पढाई क्रेडिट ट्रान्फर मार्फत १ सय १ कलेज तथा युनिभर्सिटीका कार्यक्रम अगाडि बढाएको र आगामी दिनमा पनि शैक्षिक विश्वसनियतासँगै सामाजिक काममा पनि लाग्ने एकेडेमीका पोखरा प्रशासनिक प्रमुख रोहनजंग कार्कीले बताए । हाम्रो परिवर्तन नेपालसँग मिलेर सामाजिक काम गर्न पाउँदा खुसी लागेको ऐकेडेमीका संचालक अप्सरा अधिकारीले बताइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-